२७ भाद्र २०८२, शुक्रबार

बाँकेको जनजीवन सामान्य बन्दै, चहलपहल बढ्यो
  • न्युज मानसराेवर

बाँके\जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको नेपालगन्जसहित बाँकेको जनजीवन क्रमशः सामान्य बन्न थालेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि नेपाली सेनाले जारी गरेको कर्फ्यू आदेश खुकुलो हुँदैजाँदा यहाँको अवस्था सामान्य बन्न लागेको हो ।

नेपाली सेनाको नियमित गस्ती माइकिङ र सुरक्षाका कारण बिहीबारदेखि बाँकेको नेपालगन्ज, कोहलपुर र खजुरा बजारक्षेत्र शान्त रहेपछि शुक्रबारदेखि सबै पसल व्यवसाय सञ्चालनमा आएका छन् । विहीबार नेपालगन्जस्थित कारगारमा आगजनी गरेर कैदी बन्दीले भाग्ने असफल प्रयास गरेपछि सेनाले गोली चलाएर अवस्था नियन्त्रणमा लिएको थियो ।

अहिले बाँकेको स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले अधिकांश पसल र व्यवसाय सुचारु भएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले .बताए। शुक्रवार बजारमा चहलपहल बढेको छ भने यातायातका साधनहरु उल्लेख्य मात्रामा चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी रहेको सूचना प्रकाशित गरेर भेला, जुलुस, प्रदर्शन र होहल्ला गर्न नपाइने जनाएको छ ।

  • २७ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech