५ कार्तिक २०८२, मंगलवार

कक्षा ११ को आंशिक तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक
  • न्युज मानसराेवर

बाँके\राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले २०८२ साल जेठ १३ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

नतिजा अनुसार कूल १४ हजार ९ सय १० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना विद्यार्थी उत्तीर्ण  भएका छन्।२ जनाको परीक्षा रद्द गरिएको छ।नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट वा नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा प्राप्त गर्न सकिने छ ।

  • १ कार्तिक २०८२, शुक्रबार प्रकाशित

  • Nabintech