१ पुष २०८२, मंगलवार

१७४ जना नयाँ कुष्ठरोगी भेटिए बाँकेमा
  • न्युज मानसराेवर

बाँके\बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले जानकारी गराए।

नयाँ कुष्ठरोगीमध्ये बाँकेका ७१ जना, बर्दियाका ४२, भारतका ३०, सुर्खेतका ५, दैलेखका ३, जाजरकोटका ४, दाङका ५, सल्यानका २, प्युठानका २, रुकुमका ३ र सुदूरपश्चिम प्रदेशका ६ जना रहेको बताइएको छ ।

  • २८ मंसिर २०८२, शनिबार प्रकाशित

  • Nabintech