बाँके\खजुरा गाउँपालिका वडा नं.२ ले आफ्नो प्रथम चौमाशिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
वडा कार्यालयले प्रदान गर्ने सेवा सुविधाको प्रभावकारिता र विकास निमार्णको गुस्तरीयता विषयमा वडा कार्यालले आफ्नो प्रथम चौमाशिक सार्वजनिक सम्पन्न गरेको हो । प्रथम चौमाशिक सार्वजनिक सुनवाइ कार्यक्रममा आर्थिक वर्षको प्रथम चौमाशिकमा कूल आम्दानी कूल १० लाख ६० हजार रहेको वडा अध्यक्ष धनराम ओली क्षेत्रीले जानकारी गराए ।
उनले प्रथम चौमाशिकमा कूल ६७ जनाको जन्न दर्ता १६ वटा बसाइराइ ,३ मृत्यु दर्ता ३ ,सम्बन्ध विच्छेद, ९ विवाह दर्ता गरिएको जानकारी गराए ।प्रथम चौमाशि सार्वजनिक सुनवाई कार्यक्रमको सहजिकरण उत्पीडित सामुदायिक विकास केन्द्र ओसीडिसी बाँकेले गरेको थियो । सार्वजनिक सुनवाइ कार्यक्रममा कूल एक सय २५ स्थानीय सहभागि रहेका थिए ।









