४ बैशाख २०८३, शुक्रबार

बाँके क्षेत्र नं. १ मा रास्वपाको अग्रता
  • न्युज मानसराेवर

बाँके\बाँके निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणना जारी छ ।  प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)अग्रता लिएको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा छ ।

हालसम्म २ हजार ८ सय ७७ मत गणना हुँदा रास्वपाका सुरेश थारुले १ हजार ४ सय ७३ मत प्राप्त गर्दै अग्रस्थानमा छन् । त्यसैगरी, रुख चुनाव चिन्हका नारायण प्रसाद गौडेलले ६ सय ५३ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् भने नेकपा एमालेका सूर्य प्रसाद ढकालले ३ सय ९ मत ल्याएका छन् । यस्तै नेकपाका नरेन्द्र पाण्डेले १ सय ८३ मत प्राप्त गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कोहलपुर नगरपालिकाका विभिन्न वडाबाट खसेको मत गणना भइरहेको छ । हालसम्म कोहलपुर नगरपालिका–९ र ७ को मत गणना गरिएको जानकारी प्राप्त भएको छ।

  • २२ फाल्गुन २०८२, शुक्रबार प्रकाशित

  • Nabintech