१६ जेष्ठ २०८३, शनिबार

१५ दिने चाउमिन तथा सस उद्पादन तालिम सम्पन्न
  • न्युज मानसराेवर

बाँके\१५ दिने चाउमिन तथा सस उद्पादन र प्रविधि हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं.८ मा उक्त १५ दिने चाउमिन तथा सस उद्पादन कार्यक्रम सम्पन्न गरिएको हो ।

लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन तथा यातायात मन्त्रालय पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोग तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालञ्ज बाँकेको सहकार्य र उत्पीडित सामुदायिक विकास केन्द्रको आयोजनामा उक्त तालिम सञ्चालन गरिएको थियो ।कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दुर्गा प्रसाद चौधरीले आत्म निर्भर बन्ने ढोका खुलेको बताए ।
उनले प्रदेश सरकार बाट थप आत्म निर्भर हुने खालका कार्यक्रमहरुलाई निरन्तरता दिने उल्लेख समेत गरेका छन।

त्यसै गरी कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालञ्ज बाँके बरिष्ठ खाद्य निरिक्षक अधिकृत प्रशान्त पोखरेल वडा सदस्य लगाएतले मन्तव्य राखेका थिए । कार्यक्रममा प्रविधि समेत हस्तान्तरण गरिएको थियो ।त्यसै गरी सहभागि सबैलाई  प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

कार्यक्रममा जम्म २० जना सहभागि थिए भने कूल बजेट ५ लाख विनियोज गरिएको थियो । समापन कार्यक्रमको अध्यक्षता उत्पीडित सामुदायि विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले गरेका थिए ।

  • १६ जेष्ठ २०८३, शनिबार प्रकाशित

  • Nabintech