बाँके बैजनाथ । बैजनाथ गाउँपालिकामा नेकपा एमाले बाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एमालेमा नै रहने निर्णय गरेका छन।
बैजनाथ गाउँपालिकाको गाउँ कार्यपालिकाका सदस्यहरुले सामुहिक रुपमा नेकपा एमालेमा नै रहने र १० बुँदे छिटो कार्यान्वयन गर्नाका लागि दबाव दिने बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले बताएका छन ।
बैजनाथ गाउँपालिकामा नेकपा एमाले बाट कूल ३४ जना स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधि छन।
नेकपा एमाले विभाजन भए पश्चात नेकपा एकिकृत समाजवादी पार्टी रोज्न यही २२ गते भित्रको समय सिमा उपलब्ध गराइएको छ ।
हामी सबै नेकपा एमालेमा नै रहने हो।’ तर कार्यदलले दिएको १० बुँदे कार्यान्वयन गराउन केही साथीहरु आनाकानी गरेको देखिन्छ । त्यो अत्य हुनु पर्छ ।’ छिटो १० बुँदे कार्यान्वय गराउन पहल गर्नु पर्छ भन्ने हामी सबैको माग छ ।’ बैजनाथ गाउँपालका वडा न ५ का अध्यक्ष मन बहादुर खत्रीले भनेका छन।
पछिल्लो समय नेकपा एमाले बाट निर्वाचित बैजनाथका जनप्रतिनिधि पार्टीका गतिविधिमा सामेल भएका छैनन । नेकपा एमाले जारी गरेको १० बुँदे सहमति कार्यान्वयन गरेपश्चात पार्टीका गतिविधिमा क्रियासिल हुने बैजनाथका जनप्रतिनिधिहरुले बताएका छन।