बाँके । प्रकृति र बन्यजन्तुको संरक्षणमा टेवा पुराउने उद्देश्यले सञ्चालनमा ल्याईएका घरबास ९होमस्टे०ले आयआर्जनमा राम्रो प्रभाव पारेको पाईएको छ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लामा बिसं।२०६७ साल फागुन १७ मा ११ घरबाट सुरु गरिएको होमस्टे अहिले २४ घरमा सञ्चालनमा रहेको सो वडाका वडा अध्यक्ष समेत रहेका सञ्चालक परशुराम चौधरीले बताए । बर्दियाको डल्लामा तत्कालिन प्राकृतिक स्रोत साधन समितिका सभापति शान्ता चौधरी र मिस नेपाल सदिक्षा श्रेष्ठले उद्घाटन गरी सञ्चालनमा ल्याईएको होमस्टेले आफ्नो कला र संस्कृतिको संरक्षण मात्र नगरी आयआर्जनमा टेवा पुराउन थालेपछि निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका किसानहरु यसतर्फ आकर्शित भएका हुन ।
वडा अध्यक्ष चौधरीले होमस्टे सञ्चालनमा आउनु पूर्व डल्लाको बस्तीको पहिचान गुमसुम भएको एक परम्परागत ग्रामिण बस्तीमा सिमित रहेको भएपनि अहिले भने आफुहरुको परिचय नै डल्ला गाउबाट हुने गरेको दाबी गरे । उनले भने–‘ पहिला डल्ला गाउ कसैले चिन्दैनथ्यो आसपासका छिमेकी गाउले बाहेक तर, अहिले समयको छालसंगै डल्ला गाउले हामीहरुको परिचयसमेत बनाई दिएको छ । यो सबै संरक्षण र होमस्टे सञ्चालनपछिको अवस्था हो ।’
उनले परम्परागत बस्ती वरिपरी बर्दिया राष्ट्रिय निकुञ्ज र त्यसबाट आउने बन्यजन्तुले पुराउने क्षतिको कारणले गर्दा कहिले काही मानव र बन्यजन्तुबीच द्वन्द्व हुने र त्यसले भयावह रुपसमेत लिने गरेको स्मरण गर्दै भने–‘ निकुञ्ज र मध्यवर्ती क्षेत्रको बनबाट आउने जनावरका कारण बालीनाली खाने, घरपालुवा जनावर मारिदिने, घर भत्काई दिने जस्तो सास्ती खेपी रहनु परेको अवस्थाबाट भोकभोकै परिने जस्तो समस्या थियो । तर, अहिले होमस्टे सञ्चालन गरेपछि त्यो अवस्था टरेर गएको छ ।’
उनले संरक्षणको कारण रोजीरोटीको ज्ञारेन्टी भएपनि बन्यजन्तुको आक्रमणको जोखिम भने उत्तिकै रहेको बताए । उनले जंगली हात्ती, एकसिंगे गैडा, पाटेबाघ, चितुवा, बदेल, चित्तल जस्ता जनावर गाउ पसेर हैरानी पार्ने गरेको बताए । बन्यजन्तुबाट जोगाउनको लागि अबलम्बन गरेका उपायहरु एकपछि अर्को फेलिएर जस्तो भएर जाँदा जोखिम बढेर गएको उनको भनाई छ ।
‘गाउवरीपरि ड्रेनज खनेर, मेसजाली राखेर करेन्ट प्रवाह गर्दा सुरक्षा हुन्छ भनेर ड्रेनज खनियो मेसजाली राखियो त्यो पनि केहीसमय पछि फेल भयो हात्तिले बैकल्पिक उपाय निकाले घेराबार तोडेपछि सजिलै गाउपसेको छ’–उनले भने–‘अव रोजीरोटीको लागि होमस्टे नै हामीहरुको लागि निर्बिकल्प भएको छ ।’
उनले डल्ला होमस्टेमा दैनिकजसो विभिन्न जिल्लाका, केही मात्रामा स्थानीय र बिदेशी पाहुनाहरु अवलोकन तथा विदा मनाउन आउने गरेको बताए । पाहुनाको सत्कारमा आफ्नो परिहरन र संस्कृतिबाट गरिने हुँदा सबैले रोजगार पनि पाएको बताए ।
यसैगरी बाँकेको कम्दी करीडोरको नयाँगाउमा सञ्चालनमा रहेको होमस्टे नं। ७ का सञ्चालक मंगल सिंह थारुले होमस्टेका कारण आफुहरुको दिनचार्य नै बदलिएको बताए । पहिला परम्परागत खेतीमा रमाउने गरीका उनी र उनको परिवार अहिले खेतिसंगै होमस्टेमा आउने पाहुनाको सत्कार गर्न जुटेका हुन्छन् ।
नेपालगन्जबाट करिव २५ किलोमिटरको दुरीमा रहेको नयाँगाउ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याईएको हो । सुरुमा ७ घरमा सञ्चालन गरिएको भए पनि अहिले १३ घरमा सञ्चालनमा छ । उनले होमस्टेमा आउने पाहुनका कारण आफुहरुको आम्दानीको स्रोत पनि बढेर गएको बताए ।
उनले भने–‘ होमस्टे सञ्चालन गर्दा धेरै कुरा सिक्ने मौका पाईयो । पहिला थारु समुदायले प्रयोगमा ल्याउने गरगहना, लुगाफाटा कुनामा कामै लगदैन भनेर थन्काएर राखेका थियो तर, अहिले हाम्रो लागि ती अमूल्य धन सावित भएको छन् । सिडि र म्यूजिक सिस्टममा डिजे बजाउने प्रबृत्तिले निरुत्साहीत हुँदै परम्परागत मादलमा नाच्ने गाउने र पाहुनालाई मनोरञ्जन दिने गर्दा संस्कृति पनि जोगिएको छ ।’
पूर्वपश्चिम राजमार्गदेखि सय मिटर दक्षिणमा रहेको उनको होमस्टे नजिकै बनस्पती उद्यान, बनभोज स्टल र बाँके राष्ट्रिय निकुञ्जको हात्तिसार पनि छ । आफुकाहाँ आउने पाहुनालाई आफ्नै उत्पादनले सेवा गर्ने गरेको बताए । होमस्टेमा पाहुना आउदा उनकी श्रीमती, छोरी र छोराले पनि काममा सघाउने गरेको उनी बताउछन् । ‘परम्परागत खेती गर्दा जंगली जनावरले खाएर नष्ट गरिदिन्थे बर्षभरी खान पनि पुग्दैनथ्यो तर अहिले होमस्टे सञ्चालन गरेपछि । छोरा छोरी पढाउने देखि अन्य गर्ज टार्दै बचत पनि गरेको छु’–उनले भने ।
बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र आसपासका गाउमा मानव बन्यजन्तु बीचको द्वन्द्व घटाउदै उनीहरुलाई संरक्षणमा सहभागि गराउने उदेश्यले होमस्टेको अवधारणा ल्याईएको र त्यसको प्रबद्र्धनमा आफुहरुले पनि सक्दो सहयोग गरेको तराई भुपरिधि कार्यक्रम परियोजना ९ताल० का सह प्रबन्धक मुना थापाले बताईन । उनले संरक्षणमा सबैको सहभागिता रहोस भनेर तालले बैकल्पिक खेती तथा आय आर्जनमा जोड्नको लागि विभिन्न खालका सहयोग आवश्यकताको आधारमा गर्दै आएको जानकारी दिईन ।
पछिल्लो समयमा प्रकृतिसंग रम्नको लागि शहरको धुलो र कोलाहलबाट टाढा रहँदै ग्रामिण बस्तीमा जाने र उनीहरुको सेवा गरेर स्थानीयले जीविकोपार्जन संगै संरक्षणमा पनि जोडिदै गएको पाईएको छ । बर्दियाको डल्लाबाट सुरु भएको होमस्टे अहिले गोबिन्दपुर, सतखलुवा, बाँकेको गाभर, ढकेरी नयाँगाउलगायतको स्थानहरुमा सञ्चालनमा ल्याईएका छन । यसले आन्तरीक तथा बाह्य पर्यटनलाई बढवा दिदै आयआर्जनमा समेत टेवा पुराएको छ । राजधानी दैनिकबाट