कोहलपुर,बाँके: भ्रष्टाचारविरुद्ध निरन्तर आवाज उठाउँदै आएका सामाजिक अभियन्ता भुम बहादुर भण्डारीले मूल्यवृद्धिविरुद्ध कोहलपुर चौराहामा विरोध प्रदर्शन गरेका छन्। आज मध्याह्न २ बजेको चर्को घाममा अर्धनग्न अवस्थामा करिब आधा घण्टासम्म ढाड सेक्दै भण्डारीले सरकारको आर्थिक नीतिप्रति असन्तुष्टि जनाउदै विरोध गरेका हुन।
भण्डारीले पेट्रोलियम पदार्थ, खाने तेल, चिनी लगायत अत्यावश्यक उपभोग्य वस्तुको मूल्यवृद्धिले सर्वसाधारणको जनजीवन अत्यन्तै कष्टकर बन्दै गएको बताए।उनका अनुसार मूल्यवृद्धिको विरोधस्वरूप आफूले ढाड सेक्ने सांकेतिक प्रदर्शन गरेका हुन्। “जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको छ, त्यसैको विरोधमा मैले ढाड सेक्ने प्रदर्शन गरेको हुँ,” भण्डारीले भने।











