बाँके\नेपाल मगर सघं बाँकेद्वारा सञ्चालित प्रथम सांस्कृतिक भेषभुषा तथा खानपान महोत्सव–२०८३ अहिले उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ । मगर इतिहास, भाषा, संस्कृति संरक्षण–संवर्धन, मगरात पहिचान र स्वायत्त शासनसहितको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने मूल नारासहित सुरु भएको मेलाको दोस्रो दिन चर्चित राष्ट्रिय कलाकारहरुको वेजोड प्रस्तुती रहेको थियो ।
आज महोत्सवको तेस्रो दिन झन् आकर्षक बन्ने अपेक्षा गरिएको छ ।
चर्चित गायक गोपाल नेपाल जि.एमको विशेष प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ, जसले दर्शकलाई थप उत्साहित बनाएको छ । मगर समुदायको मौलिक पहिचान, कला, संस्कृति र परम्परालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको यो मेलाले स्थानीय मात्र नभई राष्ट्रिय स्तरमै मगर समुदायको सांस्कृतिक धरोहर उजागर गर्ने महत्वपूर्ण भूमिका खेल्ने आयोजकले अपेक्षा गरेको छ ।
मगर समुदायका मौलिक भेषभुषा, परम्परागत खानपान, सांस्कृतिक झाँकी तथा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रमले विशेष आकर्षण थपेको छ । आजको कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकले जनाएको छ । नयाँ वर्ष २०८३ को अवसरमा आयोजित यस कार्यक्रमले आपसी सद्भाव, एकता र सांस्कृतिक गौरवलाई थप मजबुत बनाएको छ । दोस्रो दिनको उद्घोषकका रुपमा बिनोद परियारले राजेन्द्र परियार रहेका थिए ।











