७ बैशाख २०८२, आईतवार

सञ्चालन हुन सकेन बाँकेमा सुपथ मुल्य पसल
  • न्युज मानसराेवर

बाँके।  चाडपर्वलाई लक्षित गर्दै सरकारले असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भने पनि बाँकेमा भने हालसम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

विगतका वर्षमा दशैँ तिहार, छठसहितका चाडपर्वलाई लक्षित गरी नेपालगञ्जमा सुपथ मूल्य पसल संचालन हुँदै आएको थियो । तर बाँकेमा भने सुपथ मूल्य पसल अहिलेसम्म पनि संचालनमा आउन सकेको छैन् ।

साल्ट टे«डिङ कर्पोरेशनले भने आफ्नो कार्यालयबाटै छुटमा नुन विक्री गरिरहेको कार्यालय प्रमुख मनोज चौधरीले जानकारी दिए । कर्पोरेशनसँग चिनी भने छैन् । एकैठाउँमा सबै सामाग्री राखेर सुपथ पसल संचालन हुन नसकेको चौधरीले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले यसको समन्वय गर्नु पर्ने भएपनि उसले प्रभावकारी पहल गर्न सकेको छैन् । जस्का कारण मूल्य पसल सञ्चालन हुन नसकेको हो ।

  • १५ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech