बैजनाथ । कोहलपुर नगरपालिका वडा न ११ मा संचालित जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बैजनाथ गाउँपालिका वडा न ६ निवासी स्वर्गीय देवि गिरीको विमा रकम हस्तान्तरण गरेको छ ।
संस्थाले स्वर्गीय गिरीका श्रीमान केशव गिरीलाई विमा दावि रकम एक लाख ६० हजार हस्तान्तरण गरेको हो ।
संस्थामा स्वर्गीय गिरी २०७३।०२।१७ गते आबद्ध भई बचत तथा कर्जाको कारोबार गर्दै आएकी थिइन ।
गरीले संस्था बाट २०७८ ।०३।२१ गते १ लाख ५० हजार कर्जा उपभोग गरेकी थिइन।
स्वर्गीय गिरीले संस्थाबाट उपभोग गरेको रकम र ब्याज जोड्दा हुन आउने करम एक लाख ५६ हजार ६ सय ५८ रुपैया मिलान गरी बाँकी हुन आउन ३ हजार ३ सय ४२ रुपैया हस्तान्तरण गरिएको संस्थाका अनुगमन अधिकृत डिल्लीरमन खड्काले जानकारी गराए ।
कर्जा वितरण गर्दा हुन आउने जोखिम लाई मध्य नजर गर्दै संस्थाले विमा गरेको हुन्छ त्यसैको आधारमा मृतका आफन्तले विमा दावि गरेको खण्डमा प्राप्त रकम कर्जामा मिलान गरी बाँकी रकम फिर्ता गरिन्छ खड्का ले भनेका छन।
रकम हस्तान्तरमा बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विक वडा न ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेत संस्थाका शखा प्रमुख हंस बहादुर नेपाली कर्मचारी लगाएतको सहभागिता रहेको थियो ।