१५ श्रावण २०८२, बुधबार

नयाँ खोज जुसको बट्टाभित्र लागूऔषध
  • न्युज मानसराेवर

बाँके\बाँकेको जमुनाह नाकाबाट रियल जुसको बट्टाभित्र लागूऔषध लुकाएर ल्याउने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका १५, जमुनाहा नजिकैबाट प्रहरीले सुर्खेतका बबिन शाहीलाई दुई लिटर कोरेक्स र १५ ट्याब्लेट नाइट्रोभेटसहित पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका ३ का ३० वर्षीय शाही लागूऔषध कोरेक्स र नाइट्रोभेट ट्याब्लेट लिन बाँकेको सीमावर्ती भारतीय बजार रुपैडिहा पुगेका थिए । रियल जुसको बट्टाभित्र राखेर उनले कोरेक्स ल्याएका थिए ।

 

  • २७ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech