१६ बैशाख २०८२, मंगलवार

दाङमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
  • न्युज मानसराेवर

दाङ\ दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।

वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको छ ।

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech