१० श्रावण २०८३, आईतवार

आजदेखि लुम्बिनीमा एमालेको पुनःजागरण अभियान सुरु
  • न्युज मानसराेवर

बाँके , साउन १० — नेकपा एमालेले आजदेखि लुम्बिनी प्रदेशमा पार्टीको पुनःजागरण अभियान सुरु गरेको छ। अभियानको औपचारिक शुभारम्भ कपिलवस्तुबाट गरिने भएको छ।
अभियानको उद्घाटन गर्न एमालेका महासचिव शंकर पोखरेल कपिलवस्तु पुगिसकेका छन्। एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलका अनुसार आजदेखि प्रदेशभर पुनःजागरण अभियान सञ्चालन गरिनेछ।
अभियानमा प्रदेश तहबाट नेतृत्व गरिरहेका तथा विभिन्न जिम्मेवारीमा रहेका पार्टीका नेताहरूको सक्रिय सहभागिता रहने जनाइएको छ।
यसअघि पनि कपिलवस्तुमै पार्टीको पुनःगठन अभियानका विषयमा छलफल गरिएको थियो। एमालेले संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा पार्टीलाई थप सक्रिय र प्रभावकारी बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ।

  • १० श्रावण २०८३, आईतवार प्रकाशित

  • Nabintech