२३ बैशाख २०८२, मंगलवार

बाँकेमा बेवारिसे अवस्थामा बम भेटियो
  • न्युज मानसराेवर

बाँके\ बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. २ खैरीखोला नजिकै बेवारिसे अवस्थामा बम फेला परेको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इञ्चार्ज डिएसपी रविन्द्र खनालका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत खैरीखोला खण्डमा सकेट बम फेला परेको हो ।

राजमार्गदेखि २० मिटर दक्षिणमा बम फेला परेको प्रहरीले बताएको छ । स्थानीयले खिया लागेको बम देखेपछि प्रहरीलाई खबर गरेका थिए । राँझाबाट गएको नेपाली सेनाको टोलीले बम निष्कृय पारेको प्रहरीले बताएको छ ।

  • ५ मंसिर २०७८, आईतवार प्रकाशित

  • Nabintech