१६ बैशाख २०८२, मंगलवार

बाँके क्षेत्रनं. १ मा माधवरामलाई जिताउन अभियान सुरु
  • न्युज मानसराेवर

कोहलपुर (बाँके) :  बाँकेमा नेपाली काँग्रेसको १४ औ अधिवेशनको लागि हुन लागेको क्षेत्रीय निर्वाचनमा क्षेत्र नम्बर १ का सभापतिका उम्मेदवार माधवराम खत्रीलाई जिताउन अभियान सुरु गरिएको छ ।

नेपाली कांग्रेस संस्थापन पक्षका उम्मेदवार रहेका खत्री तेस्रो ईनिङ्गका लागि क्षेत्रीय सभापतिमा भिड्दै छन । उनलाई पुन क्षेत्रीय सभापति बनाउन बाँकेका उपसभापति फुलाराम थारु, नेपाली कांग्रेसका सक्रिय नेता भानुभक्त भट्टराई, कांग्रेस नेता कृष्ण कार्की, कांग्रेस बाँकेका पुर्व कार्यबाहक सभापति एवम वर्तमान जिल्ला सदस्य समेत रहेका राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, प्रदेश सभा १ (क) का सभापति लक्ष्मण थारुलगायतको समर्थन रहेको छ ।

यसैगरी नेपाली कांग्रेस राप्तीसोनारी गाउँपालिका सभापति भिम रानाक्षेत्री, कांगे्रेस नेता महाबीर ओली, एवम् नेपाल आदीवासी जनजाती संघ बाँकेका अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोहलपुर नगरपालिकाका उप–प्रमुख सञ्जुकुमारी चौधरी, नेता यमबहादुर खड्का, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य एवम् कांग्रेस नेता चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् कांंग्रेस नेता लक्ष्मणराज पौडेल, युवा नेताहरु निरज चलाउने, भुमबहादुर भण्डारी लगायत नेता कार्यकर्ताले खत्रीलाई पुन क्षेत्रीय सभापतिमा जिताउन अपिल गरेका छन् ।

माधवरामलाई क्षेत्रीय सभापतिमा निर्वाचित गराउन बाँके क्षेत्र नम्बर १ का दर्जनबढी शिर्ष नेता र नेतृसहित आमकार्यकर्ताहरु मतदातासँग भेटघाटमा ब्यस्त छन् ।

संस्थापन ईतर पक्षबाट पत्रकार महासंघका पूर्व महासचिव समेत रहेका पोषण केसी क्षेत्रीय सभापतिमा खत्रीसंगै प्रतिश्पर्दा गर्दैछन् । उनलाई पूर्व संसददेखि काँगेसका पदाधिकारीलगायतको साथ र समर्थन रहेको दाबी गरेका छन् ।

  • ८ मंसिर २०७८, बुधबार प्रकाशित

  • Nabintech