१६ बैशाख २०८२, मंगलवार

आजदेखि एमाले महाधिवेशन : ओलीले उद्घाटन गर्ने, देउवाले शुभकामना दिने
  • न्युज मानसराेवर

बाँके \नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आज शुक्रवार मध्याह्न चितवनको नारायणी किनारमा निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।अध्यक्ष केपी शर्मा ओलीबाट हुने उद्घाटनका लागि सबै तयारी पूरा भएको र उद्घाटनमा ५ लाखभन्दा बढी जनसहभागिता हुने नेकपा एमालेले जनाएको छ ।

महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुनेछन् ।

महाधिवेशनमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताले शुभकामना सम्बोधन गर्ने कार्यक्रम छ । सभामा बंगलादेश, श्रीलंका, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आउनेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशका राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएका छन् ।

‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने भन्ने नारा एमालेले अघि सारेको छ । नयाँ नेतृत्वका लागि आयोजित महाधिवेशनको बन्दसत्र सौराहामा हुनेछ ।

  • १० मंसिर २०७८, शुक्रबार प्रकाशित

  • Nabintech