१६ बैशाख २०८२, मंगलवार

कांग्रेसको जिल्ला सभापतिमा ४ जनाको उम्मेदवारी दर्ता
  • न्युज मानसराेवर

दाङ\ नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङ जिल्लामा सभापति पदका लागि शुक्रवार ४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापन पक्षधबाट ३ र संस्थापन इतरबाट १ जना गरी ४ जनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नम्बर १ बाट जानकीलाल बस्नेत, क्षेत्र नम्बर २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले नाम दर्ता गराएका छन् । उनीहरू तीनै जना संस्थापन पक्षका हुन् ।

संस्थापन इतरबाट दाङको क्षेत्र नम्बर ३ का शंकर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन् । उनी हालका जिल्ला सचिव हुन् ।

  • ११ मंसिर २०७८, शनिबार प्रकाशित

  • Nabintech