१ असार २०८२, आईतवार

नक्कली नोटसहित दुई पक्राउ
  • न्युज मानसराेवर

काठमाडौं- प्रहरीले नक्कली नोट कारोबारमा संलग्न दुई व्यक्तिलाई  पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नम्बर ३  बस्ने खैरहनी नगरपालिका वडा नम्बर ३ स्थायी घर भएकी २५ वर्षीया पवित्रा घताने र राप्ती–७ का २७ वर्षीय गगनलाल तामाङ  रहेका छन् ।

भरतपुरको बेलचोकमा रहेको एक फेन्सी पसलमा  नक्कली नोट दिएर कपडा खरिद गरेपछि कारोबारी पक्राउ परेका हुन्। घतानीबाट १० थान एक हजारका नक्कली नोटसहित उनीहरूलाई पक्राउ गरिएको थियो। उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसूर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको  म्याद अनुमति लिएर अनुसन्धान थालिएको छ।

पक्राउ परेकाबाट नक्कली एक हजार रुपैयाँका १० थान नोट, एक/एक थान मोबाइल र ल्यापटप बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। निजहरूका साथबाट गगनबहादुर तामाङ नामको सैर्य दैनिकको प्रेस कार्डसमेत फेला परेको छ। पत्रिकाले भने निज आफ्नो कार्मचारी नभएको जनाएको छ।

  • ७ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech