१ असार २०८२, आईतवार

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना
  • न्युज मानसराेवर

बाँके\ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने तराईका भूभागमा हुस्सु लागेको महाशाखाको भनाइ छ।

आज (मंगलबार) दिउँसो प्रदेश १, बागमती तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ।  देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने महाशाखाले जनाएको छ। देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

 

  • १८ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech