१८ असार २०८३, बिहीबार

युरेनियम बेच्न खोजेपछि.
  • न्युज मानसराेवर

बाँके\दुई किलो आठ सय ग्राम युरेनियम मानिएको पदार्थ बिक्री गर्न लागेको अवस्थामा  राजधानीबाट  आठ  जना  पक्राउ परेका  छन् । एक  हप्ताको  प्रहरी  परिचालनपछि उनीहरूलाई पक्राउ गरिएको बताइएको छ ।

काठमाडौँको  होटल  हायात  रिजेन्सी  बाहिर पार्किङ क्षेत्रमा राखिएको बा ५ च ८२०९ नम्बरको कारभित्र मङ्गलबार युरेनियम बरामद भएको हो ।

पक्राउ पर्नेमा युरेनियम बिक्रीका लागि काठमाडौँ आइपुगेका  भारत  विहारका  उपेन्द्रकुमार  मिश्र  र मोतीहारीका राज ठाकुर छन् ।त्यस्तै   ललितपुर   महानगरपालिका–१४ का  नवराज  महत,  सिन्धुपाल्चोक  मेलम्ची नगरपालिका–१  का  भूपेन्द्र  खड्का,  हेलम्बु गाँउपालिका–४ का रामकृष्ण लामिछाने, सिरहा लक्ष्मीपुर  पतारीका  गोपीलाल  दास,  सिरहा वरियापारपट्टीका  जिवछ  नारायण  यादव  र महोत्तरीका  सुरेन्द्रप्रसाद  चौधरी  पक्राउ  परेका छन् । गोरखापत्र दैनिकमा खबर छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech