१८ असार २०८३, बिहीबार

सिक्टाको ४५ किलोमिटर मूल नहरको निर्माण सम्पन्न
  • न्युज मानसराेवर

बाँके\ सिक्टा सिँचाइ आयोजनाअन्तर्गत बाँकेको अगैयादेखि पश्चिमतर्फ ४५ किलोमिटर मूल नहरको निर्माण सकिएको छ । तर नहर क्षेत्र आसपासको खेतलाई सिँचाइ सुविधा दिने गरी पानी भने छाडिएको छैन ।

५० क्युसेक पानीको बहाव क्षमता रहेको उक्त नहर निर्माणमा १६ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मूल नहरको काम सकिएको चार वर्ष हुन थालिसकेको छ । नहरको घुलनशील माटोको उपचार नगरेसम्म ५० क्युसेक पानी सञ्चालन गर्न गाह्रो हुने सिक्टा सिँचाइ आयोजनाका निर्देशक सन्तोष कैनीले बताए ।

पश्चिमी नहरबाट जिल्लाको ३३ हजार ७ सय ६६ हेक्टर कृषियोग्य भूमिमा सिँचाइ पु¥याउने लक्ष्य छ । नहरमा पानी बग्दैन । नहरको कुन भागबाट पानी चुहिन्छ भन्ने हेर्न बेलाबेला ४–५ क्युसेक पानी छाड्दै आइएको थियो । अहिले त्यो पनि बन्द छ ।

शाखा, प्रशाखा र खेतसम्म पानी पुर्याउने संरचना निर्माण भइनसकेको र नहरको मर्मत भइरहेकाले पानी बन्द गरिएको आयोजनाको दाबी छ । अहिले पानी छाड्ने कुरा त परै जाओस्, नहरलाई वर्षामा कसरी जोगाउने भन्ने नै आयोजनाका लागि चुनौती भएको छ ।

  • ४ फाल्गुन २०७८, बुधबार प्रकाशित

  • Nabintech