बाँके\नेकपा एमाले निकट अनेरास्ववियु बाँकेको प्रथम बैठक सम्पन्न गरिएको छ ।
अनेरास्ववियु बाँकेको पूर्ण बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले चैत्र मसान्तभित्र मा.बि. उ ,माबि र क्याम्पस हरुमा संघठन निर्माण गर्नु का साथै चैत १ गते बृह्त रक्तदान कार्यक्रम चैत १२ गते प्रशिक्षण कार्यक्रम गर्नुका साथै नंया बर्षको अवसरमा अखिल सन्देश प्रकाशन गर्ने निर्णय गरेको छ ।

प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज सुर्य रोकायले विद्यार्थीहरु सधै लोकतन्त्रको रक्षा गर्न र संगठन लाई चलायमान बनाउन क्रियाशिल हुन आवश्यक रहेको बताएका छन।उनले पछिल्लो समय गठबन्धन सरकारले चरम जनता मारा नीति अख्तियारी गरेको प्रति लक्षित गर्दै यस्ता गतिविधि विरुद्ध अनेरास्ववियुले शशक्त रुपमा प्रतिवादन गर्न आवश्यक रहेको बताए ।
समाज रुपान्तरणमा अनेरास्ववियु को महत्वपूर्ण भूमिका रहेको बताउदै उनले देशको लोकतन्त्र रक्षा र नागरिक आवज बन्न अनेरास्ववियु मुख्य उदेश्य रहेको बताए। यसै गरी कार्यक्रममा बिशिष्ट अतिथि एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुजन बिश्वकर्माले विद्यार्थीहरुले सरकारका गलत नीति र नागरिक मारा मुल्य बृद्धिका विरुद्धमा अनेरास्ववियुले प्रतिवादन गर्न आवश्यक रहेको बताए ।
उनले केपी ओली सरकार लाई प्रतिस्थापित गर्न अब हुने निर्वाचन लक्षित कार्यक्रमहरुमा विशेष अभियान अनेरास्ववियुले संचालन गर्न र क्रियाशिल हुन आवश्यक रहेको औल्याएका थिए ।कार्यक्रममा अनेरास्ववियुका सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सचीव मोहित शाह र केन्द्रिय सदस्य सुमन घिमिरे लगाएतले आ आफ्नो धारणा राखेका थिए । यसै गरी अनेरास्ववियु बाँकेको प्रथम बैठक उपाध्यक्षमा बिकल भट्टराई ,सचिव प्रकाश बि.क,कोषाध्यक्ष बिनय कुमार यादव, सहसचिव रोशन शाही ठकुरी ,सह सचीव बिकास बिक्रम के सि ,सह सचीव निरुता वली चयन गरेको छ । अनेरास्ववियु बाँकेको प्रथम पूर्ण बैठकको जिल्ला अध्यक्ष दिनेश के.सीको अध्यक्षता संचालन गरिएको थियो ।











