बाँके\हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वर्ष होलीमा मौसम सामान्य रहेको छ। बुधबार साँझ स्थानीय वायूका कारण उपत्यका वर्षा भए पनि आज भने मौसम सफा नै रहने आँकलन गरिएको छ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। शुक्रबार दिउँसो पनि देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएको छ। हाल बिहार तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको छ।