बाँके\ स्थानीय तह निर्वाचनका लागि नेपाली कांग्रेस बाँकेले घोषणा पत्र तयारीलाई अन्तिम रुप दिएको छ । कांग्रेस बाँकेका उपसभापति कृष्णबहादुर कार्कीको संयोजकत्वमा घोषणा पत्र तयारी समिति र सहसचिव बिनोद थारुको संयोजकत्वमा घोषणा पत्र मस्यौदा तयारी उपसमिति गठन गरिएको थियो ।
समितिका संयोजक कार्कीको अध्यक्षतामा मंगलबार अपरान्ह बसेको बैठकले घोषणा पत्रलाई अन्तिम रुप दिने निर्णय गरेको हो । कांग्रेस बाँकेको तर्फबाट सबै स्थानीय तहको लागि घोषणा पत्र तयार गर्न गठित उपसमितिबाट प्रस्तुत भएको मस्यौदामा छलफल गरी अन्तिम रुप दिने निर्णय गरिएको छ ।
यस्तै स्थानीय तह निर्वाचन घोषणा पत्रको मस्यौदालाई कांग्रेस बाँकेको घोषणा पत्र मस्यौदा तयारी समिति समक्ष पेश गर्ने निर्णय बैठकले गरेको छ । उक्त बैठकमा समितिका संयोजक कार्की, समितिका सह संयोजक एवम् उपसमितिका संयोजक थारु तथा सदस्यहरु डा. अवनिन्द्रदत्त मिश्र, ईश्वरीप्रसाद ज्ञवाली, टेकबहादुर खड्का, देवेन्द्रकुमार केसी, अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो ।