बाँके\ स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि छानबिन हुने भएको छ । स्थानीय चुनावका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो। त्यसका विरुद्ध वैशाख १३ गते उजुरी आह्वान गरिएको थियो । केही उम्मेदवारविरुद्ध उजुरी परेका छन ।
देशभर उम्मेदवारविरुद्ध परेका उजुरमा बुधबार र बिहीबार छानबिन हुने निर्वाचन आयोगले जनाएको छ । त्यसपछि शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । त्यही दिन उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगको कार्यसूची छ ।
निर्वाचन आयोगका अनुसार देशभरका ७५३ स्थानीय तहमा एक लाख ५० हजार ४९४ उम्मेदवारी परेको छ । अझै केही स्थानीय तहको विवरण आउन बाँकी छ । वैशाख ३० गतेका स्थानीय तह निर्वाचन हुँदै छ । त्यसबाट ३५ हजार २२१ जनप्रतिनिधि चुनिएर आउनेछन ।