२७ असार २०८२, शुक्रबार

गाउँपालिकाले शुरू गर्‍यो एम्बुलेन्स
  • न्युज मानसराेवर

बाँके\ बाँकेको जानकी गाउँपालिकाले जनतालाई सहज स्वास्थ्य सेवाको लागि एम्बुलेन्स सेवा शुरू गरेको छ ।

नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए ।

गाउँपालिकावासीले आपत्कालीन अवस्थामा गम्भीर बिरामी हुँदा ब्यहोर्नुपर्ने समस्याबाट मुक्ति पाऊन् भनेर गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको उल्लेख गर्दै कार्यवाहक अध्यक्ष धितालले भने, ‘अब नागरिकले सजिलै एम्बुलेन्स सेवा पाउनेछन् ।’ प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले एम्बुलेन्समार्फत स्थानीयलाई सहज सेवा दिइने उल्लेख गरे ।

अहिले गाउँपालिकाका स्थानीय नागरिक अन्य संस्थाले सञ्चालन गरेका एम्बुलेन्स र निजी गाडी महँगोमा भाडामा लिएर सेवा लिन बाध्य भएकोमा अब त्यस्तो बाध्यता नरहने उनको भनाइ छ । गाउँपालिकाले राजस्व छुटमा गाडी खरीद गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । रासस

  • १५ बैशाख २०७९, बिहीबार प्रकाशित

  • Nabintech