१३ असार २०८२, शुक्रबार

कांग्रेसले विद्रोही उम्मेदवारलाई पार्टीबाट निष्कासित गर्ने
  • न्युज मानसराेवर

बाँके\ नेपाली कांग्रेसले बागि उम्मेदवारलाई पार्टीबाट निष्कासित गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन्।

निर्वाचन आयोगले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ। उक्त समयभित्र उम्मेदवारी  फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech