२७ असार २०८२, शुक्रबार

४ हजारले फिर्ता लिए उम्मेदवारी
  • न्युज मानसराेवर

बाँके\ स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेका छन्। निर्वाचन आयोगको प्रणालीमा प्रविष्टि नभए पनि करिब ४ हजार जनाले उम्मेदवारी फिर्ता गरेको आयोगले जानकारी दिएको छ।

प्रणालीमा प्रविष्टि गर्ने क्रम अझै जारी रहेकाले मनोनयन फिर्ता लिनेको संख्या अझै बढ्न सक्ने आयोगले जनाएको छ। आयोगले बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय दिएको थियो। आयोगले भोलि शनिबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ।

वैशाख ११ र १२ गते देशभरिका निर्वाचन कार्यालयमा देशभरिबाट १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दर्ता गराएका थिए।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech