बैजनाथ \ नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य ढकालले ७ सय ५३ स्थानीय तह मध्य उत्कृष्ट गाउँपालिका बनाउन एमालेमा मतदान गर्न अपिल गरेका छन।
बैजनाथ गाउँपालिका वडा न ८ को चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अथिति ढकालले समृद्ध बैजनाथ निमार्णका लागी कृषिमा यान्त्रीकरण स्वास्थ्य ,शिक्षा सेवा विस्तार स्वरोगार नीति कार्यान्वय गर्नका लागि सभामा आग्रह गरे ।
उनले नेपाली काग्रेस माथी कटाक्ष गर्दै जनतालाई संगठित गर्दै आफ्ना मुद्धाहरु स्थापित गर्ने काम कहिले नगरेको बताए । उनले राष्ट्रिय मुद्धाहरुमा सधै दोहोरो चरित्र देखाउने काग्रेसले समृद्ध नेपाल खुसी नेपालीका अभिभार कहिले पुरा गर्न नसक्ने बताएका छन।