२८ असार २०८२, शनिबार

असार १ गतेदेखि सरकारी कार्यालय समय हेरफेर
  • न्युज मानसराेवर

बाँके\सरकारले भोलि (असार १) देखि कार्यालय समय पुरानै निर्धारण गरेको छ। दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको सरकारले असार १ गतेदेखि भने कार्यालय समय ६ दिन लागू जनाएको छ।

आइतबारको सार्वजनिक विदा खारेज भएसँगै गृह मन्त्रालयले असार १ गतेदेखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको हो।

जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठककले हाल परीक्षणको रुपमा लागू गरिएको हप्तामा दुई शनिबार र आईतबार सार्वजनिक विदा दिनेसम्बन्धी निर्णय २०७९ असार १ देखि लागू हुने गरी खारेज गर्ने निर्णय गरेको थियो।

‘मन्त्रिपरिषद्को मिति २०७९/०२/२३ गतेको बैठकले परीक्षणको रुपमा २०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गरेको छ,’ गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ।

सबै सरकारी कार्यालयहरूमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय विहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ ।

  • ३१ जेष्ठ २०७९, मंगलवार प्रकाशित

  • Nabintech