१८ बैशाख २०८१, मंगलवार

सुदूरपश्चिम लोकसेवा आयोगले माग्यो कर्मचारी
  • न्युज मानसराेवर

बाँके\ प्रदेश लोकसेवा आयोग, सुदूरपश्चिम प्रदेशले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।  आयोगले बुधवार सूचना जारी गर्दै चौथो र पाचौँ पदका लागि दरखास्त आह्वान गरेको हो। नेपाल इन्जिनियर सेवा अन्तर्गत तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो।

आयोगले प्रदेश निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ सेवा, पाँचौ र चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको सूचनामा उल्लेख छ। पाँचौ तहमा ८ र चौथो तहमा ४ जनाका लागि विज्ञापन गरिएको प्रदेश लोकसेवा आयोगले जनाएको छ। योग्यता पुगेका उमेदवारले असार २८ गतेसम्म दरखास्त दिन सक्ने आयोगले जनाएको छ।

  • ८ असार २०७९, बुधबार प्रकाशित

  • Nabintech