रुकुम(पूर्व), सिस्ने गाउँपालिका-६ स्थित कुइरेपानीको जंगलमा ३ थान भरुवा बन्दुक सोमवार राति प्रहरीले बरामद गरेको छ ।
जंगलमा भरुवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बन्दुक फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।