बाँके\देशभर मनसुनी वायुको सामान्य प्रभाव कायम रहेकोले शनिवार बिहानबाटै विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ।जल तथा मौसम विभागको मौसम पूर्वानुमान शाखाका अनुसार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यता देखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको छ ।
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने एक/दुई स्थानमा ठूलो वर्षासमेत भइरहेको छ । बाँकी भू-भागका एक/ दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । शनिवार अपरान्ह भने देशका पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ ।
केही स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ। ‘बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ’, महाशाखाको बुलेटिनमा भनिएको छ, ‘लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुका साथै गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक/ दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।’राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।