२९ असार २०८२, आईतवार

सिक्टाले पहिलोपल्ट पूर्वी नहरमा छोड्यो ७ क्युमेक्स पानी
  • न्युज मानसराेवर

बाँके\लामो खडेरीपछि बाँकेको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाले पहिलोपल्ट पूर्वी नहरमा ७ क्युमेक्स पानी छोडेको छ । नहरमा पानी बगेपछि राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रका किसानलाई राहत हुने भएको छ ।

असार सकिन लाग्दा पनि बाँकेमा पानी परेको छैन । आयोजनाका निर्देशक सन्तोष कैनीका अनुसार फत्तेपुर क्षेत्रका किसानले ४ क्युसेक पानी पाएका छन् । पूर्वी मूल नहरको २४.६ किलोमिटर दूरीसम्म राप्तीको पानी पुगेको छ ।

यसअघि पश्चिम मूल नहर र राजकुलोबाट पानी छाडिएको थियो । वर्षा नभएका कारण रोपो सुक्न थालेको र कतिपय किसानले रोपाइँ गर्न नपाएका कारण नहरमा पानी छाडिएको हो ।

  • ३२ असार २०७९, शनिबार प्रकाशित

  • Nabintech