३० असार २०८२, सोमबार

निहारिका राजपुतले तोडिन् अनसन, ३ बुँदे सहमति
  • न्युज मानसराेवर

काठमाडौँ\अनसनरत निहारिका राजपुतले विगत १७ दिनदेखिको अनसन तोडेकी छन् । काठमाडौँ जिल्ला प्रशासनका प्रमुख जिल्ला अधिकारी र राजपुतबीच तीन बुँदे सहमति भएसँगै आइतबार उनले अनसन तोडेकी हुन् ।

सहमतिअनुसार राजपुतले माग र अनुरोध गरे बमोजिम उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालत समक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गरिने भएको छ ।

यसैगरी डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालत समक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने पनि सहमति भएको जनाइएको छ ।
धनुषाका युवकले आफूलाई बलात्कार गरेको र बलात्कारपछि बच्चा पनि जन्मिएको थियो । उनले आफूले न्याय पाउनुपर्ने माग राख्दै आएकी छन् ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech