६ पुष २०८१, शनिबार

डा.कर्णद्वारा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा
  • न्युज मानसराेवर

बाँके\डा.विनोद कर्णले प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । डा.कर्ण पेशाले चिकित्सक हुनुहुन्छ । उनी नेपालगञ्ज मेडिकल कलेजमा प्लास्टिक सर्जनका रुपमा कार्यरत रहेका छन् ।

आगामी मंसिर ४ गते हुने निर्वाचनमा उनले बाँकेको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिकाका १ देखि १२, १४ र १५ वडा समेटिएको २ (ख) बाट स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै उनले नेपालगञ्जलाई आफूले नमुना सहर बनाउन चाहेको उल्लेख गरे । डा कर्णले २०७४ मा पनि विवेकशील साझाबाट यही क्षेत्रमा चुनाव लड्ेका थिए ।

  • ६ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech