३० असार २०८२, सोमबार

कर्णालीमा आज दुई मन्त्रीको शपथ
  • न्युज मानसराेवर

बाँके\कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज शपथ लिदैछन्। रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको शपथ लिने भएका हुन्। सो शपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन्।

माओवादीले सबै सांसदलाई भागवन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो। सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए। रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको शपथ लिने बुझिएको छ।

  • १३ भाद्र २०७९, सोमबार प्रकाशित

  • Nabintech