बैजनाथ \ बैजनाथ गाउँपालिकाले निमार्ण व्यवसाय ७ दिने सुचना प्रकाशन गरेको छ । गाउँपालिकाले विकास निमार्ण गर्नाका लागि आव्हन गरीएको बोलपत्र संझौता अनुरुप कार्य संचालन नभएको बारम्बार म्याद थप तथा निमार्ण व्यवसायहरुलाई लिखित ,मौखिक सुचना उपलब्ध गराउँदा पनि विकास निमार्ण कार्य संचालन नगरिएको कारण सहित ७ दिन भित्र लिखित जवाफ दिइ आफ्नो कार्यमा उपस्थिती हुन सुचना प्रकाशित गरिएको बैजनाथ गाउँपालिका योजना अधिकृत डोटी नेपालीले जानकारी गराए ।
गाउँपालिकाले ७ दिन भित्र कार्यालयमा सम्पर्क नभएको खण्डमा यसै सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालो सुचिमा राख्नका लागि सिफारिस गर्ने समेत जारी सुचनामा प्रकाशित गरिएको छ ।