बाँके\आसन्न निर्वाचनकालागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) बाँकेबाट उम्मेदवार सिफारीस भएका छन ।
नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारीस गरेको हो ।
मन्त्री अथक ०७४ सालको निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।
हाल युवा तथा खेलकुद मन्त्री रहेका अथक यस क्षेत्रकै बिकासप्रेमी नेताका रुपमा स्थापित छन ।
आफ्नो क्षेत्रको विकासमा अहोरात्र खटिने नेताका रुपमा पहिचान बनाएका अथक मन्त्री भएसँगै थप चर्चामा छन । उनले मन्त्रालय सम्हालेको छोटो समयमै खेलकुद क्षेत्रको सुधारकालागि थुप्रै नितिगत निर्णयहरु गराउन सफल भएका छन ।
अन्य पार्टीभित्र पनि राम्रो छवि बनाएका अथक एक पटक पुनः प्रतिनिधि सभाको उम्मेदवारका रुपमा सिफारीस भएका हुन ।
मन्त्री अथकसँगै नेकपा (माओवादी केन्द्र) ले बाँके क्षेत्र नं. १ को प्रतिनिधिसभाका उम्मेदवारकालागि अन्य पाँच जनाको नाम समेत सिफारीस भएको छ ।
सिफारीस हुनेहरुमा अशोक रोकाया, नरेश पौडेल, कृष्णा केसी ९नमुना०, चन्द्रकान्त र नरेन्द्र न्यौपाने रहेका छन ।