कोहलपुर \कोहलपुर इलाका प्रहरी कार्यालयले लागु औषध ब्यापारी समेत गरी ३ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले कोहलपुर वडा न १२ का लागु औषध ब्यापारमा संग्लन श्रीमान रुद्ध कार्की, श्रीमति एसोद्धा कार्की लाई नियन्त्रणमा लिएको हो । त्यसै गरी खरिद गर्न आएका मनोज गरीलाई समेत नियन्त्रण लिइएको इप्रका कोहलपुरका प्रमुख डिएसपी ऐन बहादुर मल्लले जानकारी गराएका छन।
उनीहरु बाट २७ ग्राम ब्राउनसुगर नियन्त्रणमा लिइएको हो।नियन्त्रणमा रहेका उनीहरुलाई थप अनुसन्धान समेत गरिने प्रहरीले जनाएको छ ।