३१ असार २०८२, मंगलवार

निवर्तमान गाउँपालिका अध्यक्ष द्धारा संविधान दिवसको शुभकामना व्यक्त
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका निवर्तमान अध्यक्ष मान बहादुर रुचालले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७९ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संविधानले सम्पूर्ण नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको आवद्ध गरेको बताएका छन।

रुचालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका विभिन्न आन्दोलनका क्रममा जीवन उत्सर्ग गर्ने शहीदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक प्रणालीको जग बसाल्न पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान समेत प्रकट गरेका छन।

उनले संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकारको कार्यान्वयन गरी राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्नेमा जोड दिंदै नवस्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरण गर्न मुलुकको राष्ट्रिय एकता, अखण्डता र जनतामा निहित सार्वभौमसत्तालाई सर्वोपरि राख्न आवश्यक रहेको उल्लेख गरेका छन। उनले समृद्ध बैजनाथ गाउँपालिका निमार्ण गर्नाका लागि उत्पादनका क्षेत्रमा सबै नागरिक आवद्ध हुनु पर्ने समेत उल्लेख गरेका छन।

  • ३ आश्विन २०७९, सोमबार प्रकाशित

  • Nabintech