१५ मंसिर २०८१, शनिबार

मंसिर४ को निर्वाचन राष्ट्रियता पक्ष र विदेशी दलाल विचको महासंग्रामःनेता ढकाल
  • रामकृष्ण छिनाल

बाँके\नेकपा एमालेका केन्द्रिय सदस्य  एवंम जिल्ला इन्चार्ज सुर्य ढकालले मंसिर ४ गते हुने निर्वाचन अस्तित्वको महासंग्राम हुने बताएका छन।

राष्ट्रिय युवा संघ जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रमुख अथिति ढकालले  मंसिर ४ मा हुने निर्वाचन राष्ट्रियता पक्ष र विदेशी दलाल विच हुने महासग्रामको संज्ञा दिएका हुन ।ढकालले पछिल्लो राजनितिक परिघटना देशलाई समृद्ध बनाउन तर्फ नभए विदेशिको भावना र आकाक्षा अनुरुप बनेको बताए ।ढकालले केपी ओली सरकारको नेतृत्वले जारी गरेको चुच्चु नंक्सा विरोधी शक्तीहरुको जोड पाँच दलिय गठबन्धनले विदेशीको चाहना अनुरुप निर्वाचनमा जाने र देशको सदै राष्ट्रियता बलियो हुने पर्छ भन्ने शक्ति नेकपा एमाले विचको महासंग्राममा नेपाली जनताले न्याय गर्ने दावि गरे । उनले युवाहरुलाई निर्देशन दिदै समृद्ध बाँके निमार्णमा नेकपा एमाललेका उम्मेदवारहरुको ढाल अंगरक्षक बनेर यहाँहरु क्रियाशिल हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश अध्यक्ष खेम राज शर्माले बाँकेका ८१ व्टै वडाहरुमा  राष्ट्रिय युवा संघको कार्य समिति गठन पुर्नगठन गर्ने निर्वाचनमा एक बुर्थ एक सय युवा परिचालन गर्ने योजना रहेको बताए । उनले लोकतन्त्रको रक्षा र समृद्ध नेपाल निमार्णमा राष्ट्रिय युवा संघ सधै अग्रपंतिमा रहने बताए ।

उनले नेकपा एमाललेका उम्मेदवारहरुको रक्षा र हिंसावादी तत्वहरुको निवारण राष्ट्रिय युवा संघ सधै रहने बताए । कार्यक्रममा कुस्माखर बस्याल दिक्षित,सोहन यादव,तिर्थ डागि,तिलक वीर सुनार, निर्मला मल्ल, राजु तमाङ ,कृष्ण भुषाल लगाएतले  भेलालाई सम्बोधन  गरेका थिए ।

त्यसै गरी राष्ट्रिय युवा संघ जिल्ला कमिटीको  भेलाले  बाँकेका ८१ वडा कमिटीको बैठक तथा भेलाको आयोजना गर्ने  । एक जनाले दुई जना मतदाता थप्ने ।  मतदाता भेटघाट जस्ता कार्यक्रम संचालन गर्ने समेत जिल्ला कार्य समितिको बैठकले निर्णय गरेको बताइएको छ ।  कार्यक्रममा राष्ट्रिय युवा संघ जिल्ला उपाध्यक्ष मनोज बिक को अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।

  • ११ आश्विन २०७९, मंगलवार प्रकाशित

  • Nabintech