जुम्ला\ जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा गणेशबहादुर शाही, उनका छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरूका छोराहरू अनमोल र मिलन रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। अन्य दुई जनाको परिचय खुलेको छैन।
पहिरोमा पुरिएर दुई जना गम्भीर घाइते भएको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए। उनका अनुसार घाइतेलाई अस्पताल पठाउन हेलिकप्टर तयारी अवस्थामा राखिएको छ।
जुम्लामा अहिले पानी परिरहेकाले तत्कालै हेलिकप्टरबाट घाइतेलाई अस्पताल लैजान समस्या भएको प्रमुख उनले जानकारी दिए।











