१४ मंसिर २०८१, शुक्रबार

एमाले नेत्रृ शान्ता चौधरीले भनिन्- मसँग चुनावका लागि खर्च गर्ने पैसा छैन
  • न्युज मानसराेवर

बाँके\नेकपा  एमाले नेत्रृ एवं दाङ क्षेत्र नं १ की एमाले उम्मेदवार शान्ता चौधरीले आफू ठूलो संघर्षको मैदानबाट यहाँ आइपुगेको
बताएकी छिन्। आफूलाई मत हाल्न मतदातामा अनुरोध गर्दै चुनावी खर्चका लागि आफूसँग पैसा पनि नभएको गुनासो गरेकी छन्।

उनले आफूसँग पार्टीको दरिलो साथ मात्र भएको र जनताको उर्जाले दरिलो भएको बताएकी छन्। आज सामाजिक सञ्‍जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चौधरीले आफूसँग देश बनाउने योजना भएको दाबी गरेकी छन्।

दाङ १ मा एमालेबाट चौधरी उठ्दै गर्दा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी मैदानमा छन्। लामो समय एमालेबाट राजनीति गरेकी गंगा चौधरी पनि एमाले छाडेर हाम्रो नेपाली पार्टीमा लागेपछि शान्तालाई कठिन देखिन्छ।

  • २ कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech