१४ मंसिर २०८१, शुक्रबार

मन्त्री चौधरीलाई २४ घण्टे स्पष्टीकरण
  • न्युज मानसराेवर

काठमाडौँ- निर्वाचन आयोगले खानेपानी मन्त्री तथा प्रतिनिधिसभा सदस्य बारा-१ का उम्मेदवार उमाकान्त चौधरीलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

आचारसंहिता विपरीत चुनाव प्रचार-प्रसारका क्रममा सरकारी गाडी दुरुपयोग गरेको विषयमा चौधरीलाई आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

मन्त्री चौधरीलाई आयोगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा ‍उम्मेरवार रहेको क्षेत्रको निर्वाचन कार्यालयमा पुगेर लिखित जवाफ दिन भनेको छ।

आयोगबाट मन्त्री चौधरीले प्रचार-प्रसारका क्रममा सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी प्रयोग गरेको सम्बन्धमा सूचना प्राप्त भएकाले जाँचबुझ गरी आयोगमा तीन दिनभित्र प्रतिवेदन पेस गर्न बारा-१ मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रहरी कार्यालय बारालाई समेत पत्राचार भएको छ।

  • ६ कार्तिक २०७९, आईतवार प्रकाशित

  • Nabintech