१४ मंसिर २०८१, शुक्रबार

एमालेका २० ग्यारेन्टी : नेपालीलाई मात्रै नागरिकतादेखि न्यूनतम ज्याला २५ हजारसम्म
  • न्युज मानसराेवर

बाँके\नेकपा एमालेले चुनावी घोषणापत्र मंगलबार जारी गरेको छ। घोषणापत्रमा ४ संकल्पसहित २० ग्यारेन्टी एमालेले समेटेको छ।  एमालेले जारी गरेको ग्यारेन्टीमा पहिलो सेसन: समृद्धि अधिवेशन, नागरिकता नेपालीलाई मात्र, हंगर नो लंगर, उत्पादन स्वदेशी: बजार विदेशी, सुरक्षित छाना: पुग्छ सबैको चाहना, कमाइ: युवाको रोजाइ, पढाइ: भविष्यको जग बसाइ, प्रेसर–सुगर: भइन्न् बिरामी औषधि बेगर, फ्रि मिटर: १० हजार लिटर, फ्रि युनिट: ५० युनिट रहेका छन्।

त्यस्तै दिनदिनै सडक विस्तारः विकासका पूर्वाधारको आधार, भूमिगत तार: सहर बजार, नो लाइन: सेवा अनलाइन, ५ लाख रोजगार: न्यूनतम ज्याला २५ हजार, समृद्धिसँगको नाता: सबैको बैंक खाता, स्वस्थ महिनावारी: १५ सय वर्षभरि, फाइभ जी सञ्चार: आइटीमा चमत्कार, हामी सामाजिक: सभ्य नागरिक, हाम्रो अर्थ: १०० खर्ब पनि ग्यारेन्टीमा समेटिएको छ।

एमालेले सुशासन, विकास, समृद्धि र समानता गरी ४ संकल्प पनि जारी गरेको छ।

  • १५ कार्तिक २०७९, मंगलवार प्रकाशित

  • Nabintech