५ असार २०८२, बिहीबार

एमाले उम्मेदवारसहितको टोलीले खजुरा बजार क्षेत्रमा घरदैलो
  • न्युज मानसराेवर

खजुरा (बाँके)   आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनको तिथि नजिकीदै गर्दा विभिन्न राजनीतिक दलले अफ्नो प्रचार अभियान तीब्र पारेका छन् ।एमाले क्षेत्रनं. ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार किस्मत कक्षपति र सोही क्षेत्रको प्रदेश सभा ख का उम्मेदवार भिमबहादुर ओलीले खजुरा वडा नं. ३ को बजार क्षेत्रमा मतदाताको घरदैलोमा पुगेका छन ।

उनीहरुले अफ्नो चुनावी एजेण्डाका साथ मतदाताको घरमा पुग्दा मतदातबाट राम्रो रेस्पोन्स पाएको प्रतिक्रिया दिएका  छन् । उनीहरु मतदाताले चाहेको विकास र सम्बृद्धीको लागि आफुहरु उपयुक्त भएको बताए ।

खजुरा बजारमा आयोजित कोणसभामा बोल्दै प्रदेश सभा उम्मेदवार ओलीले खजुरा क्षेत्रको सम्बृद्धी र विकासको लागि आफुहरुको प्रमुख एजेण्डा भएको र आफुहरु सधै जनताको घरदौलो मै भेटिने भएकोले आफुहरुलाई जिम्मेवारी सुम्पिनको लागि अनुरोध गरे ।

उनले आफु खेलकुदको क्षेत्रमा जिम्मेवारीमा रहदा विभिन्न पूर्वाधार समेत निर्माण गरेको बताए ।

प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका कक्षपतिले आफुले खजुरा गाउपालिकाको नेतृत्व सम्हाल्दा खजुराले सम्बृद्धीको बाटो सुरु गरेको बताए ।

उनले अब आफ्नो जिम्मेवारी बैजनाथ, जानकी गाउपालिका र नेपालगञ्जका २ वडासम्मको विकास र संम्बृद्धीको जिम्मेवारी काँधमा थपिने बताए । उनले आफ्नो पक्षमा मतदान गर्नको लागि अपिल समेत गरे ।

  • ३० कार्तिक २०७९, बुधबार प्रकाशित

  • Nabintech