१८ बैशाख २०८१, मंगलवार

५० विगाहामा औद्योगिक ग्राम नरैनापुरमा
  • न्युज मानसराेवर

बाँके बैजनाथ ।  बाँकेको नरैनापुरमा औद्योगिक ग्राम निर्माण हुने भएको छ ।

लुम्बिनी प्रदेश सरकारले नरैनापुरमा औद्योगिक ग्राम निर्माणका लागि डिपिआर गर्न बजेट छुट्ट्याएपछि प्रक्रिया अघि बढेको हो ।
त्यसका लागि प्रदेश सरकारले १५ लाख रुपैयाँ छुट्ट्याएको छ ।

औद्योगिक ग्राम बनाउन यसै आर्थिक बर्षभित्र डिपिआर गरिसक्ने घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख जयराम थारुले बताए । वडा नम्बर ४ मा ५० विगाहा बढी जग्गामा औद्योगिक ग्राम स्थापना गर्ने गरी व्यवस्थापन भइरहेको थारुको भनाई छ ।

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, घरेलु तथा साना उद्योग कार्यालय प्रमुख थारु, उद्योग अधिकृत मोहन सुवेदी लगायतले निर्माणस्थलको अनुगमन गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारको घरेलु, साना तथा मझौला उद्योग मार्फत् रोजगार सिर्जना गर्ने र क्षेत्रगत असन्तुलन कम गर्दै जाने नीति अनुरुप ‘एक निर्वाचन क्षेत्र, एक औद्योगिक ग्राम स्थापना’को कार्यक्रम अन्तर्गत नरैनापुरमा पनि प्रक्रिया अघि बढेको हो ।

  • ८ पुष २०७७, बुधबार प्रकाशित

  • Nabintech